No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलासहित सुदूरपश्चिमका ३ जिल्लामा राजमार्ग अवरुद्ध

गोकुलेश्वर । बर्षात् सुरु भएसँगै खासगरी सडकहरु बढि अवरुद्ध हुने गर्दछन् । अविरल वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिका तीन जिल्लाका चार ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएको प्रहरीले बताएकोे छ ।

pm office

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार–दार्चुलाको शैल्यशिखर नगरपालिकाको अन्तरगत पर्ने नकतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
यस्तै बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनबताएको छ ।

दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पछ्याएर सडक खुलाउने प्रयास जारी छ ।

यस्तै सुदूरपश्चिमकै सन्र्दभमा कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध हुने गरेको छ । डोटीको जोरायल गाउँपालिका–१ भिमदत्त राजमार्ग, अछामको चौपाटी गाउँपालिका–६ दुनीभावर, बझाङको केदारस्यूँ गाउँपालिका–१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध हुने गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.