
गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकाले नदीजन्य वस्तु उत्खननमा रोक लगाएको छ । खासगरी चमेलिया नदी र गिन्नीगाड खोलाबाट जथाभावीरुपमा नदीजन्य बस्तुहरुको उत्खन्न भइरहेको जनगुनासो आएकोले रोक लगाएको गाउँपालिका प्रवक्ता यज्ञ भट्टले बताए ।
गाउँपालिकाबाट ठेक्का भइसकेपछि मात्रै सार्वजनिक स्थलबाट सो कार्य गर्न आग्रह गरिएको र यदि कसैले अवज्ञा गरे कानुनी दायरामा ल्याईने भट्टले बताए ।
