
गोकुलेश्वर । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरोले दार्चुलाका बिभिन्न ठाउँमा क्षति पु¥याएको छ । हिजो राति परेको अविरल वर्षाले दार्चुलाको लेकम गाउँपालिका–२ गराडी बस्ने नरेन्द्र सिंह कार्कीका दुई घर जोखिममा छन् ।
जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए । यस्ता बिपतजन्य घटनाहरुबाट बच्न समेत अग्रह गरे ।



