No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकममा करेन्ट लागेर एक बालक घाईते

गोकुलेश्वर । दार्चुलामा करेन्ट लागेर एक बालक घाइते भएका छन् । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलीगाउँका बस्ने असोक नाथका १७ बर्षिय छोरा अंकुस नाथ करेन्ट लागेर घाईते भएका हुन् ।

pm office

आज (मंगलबार) दिउँसो करिब १ बजेको समयमा आफ्नै घरको बाहिर पट्टि वाईरिङ्ग गरेको बिजुलीको तार भुँईमा खसेको र सो तार जडान गर्नेक्रममा करेन्ट लागेको हो । बालकको बाँया हातको दुई आँैलामा काटिएका छन् भने शरिरका अन्य भागमा समेत करेन्ट लागेको छ ।

घाईते बालकको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ भने बालकको अवस्था जोखिममुक्त रहेको बालकका बावु असोक नाथले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.