गोकुलेश्वर । गरिब भएर जन्मनु पाप होर ? दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर ४ हुनैनाथमा गरिब घरपरिवारमा जन्मनुभएका २२ वर्षिय ललित दैनिक छाक टार्न भारतको महाराष्ट पुगे तर बिडम्बना उनी रेल्वे स्टेशनमा दुर्घटनामा परि दाहिने खुट्टाको हड्डि भाँचिएपछि उपचार गर्न आर्थिक अभाव भएकोले अभियान सहयोग संकलन गरिदै छ ।

पडित ललितका बावु दानीराम लोहारको भनाई
आर्थिक अवस्था एकदमै कमजोर छ, छोरा भारतको महाराष्ट्र स्थित रामकृष्ण अस्पत्ताल छ । अस्पतालमा छटपटिरहेकोले सबैबाट आफ्नो ईच्छाले आर्थिक सहयोग मागिरहेको दानीराम लोहारले बताउछन् । हिजो (सोमबार) सदरमुकाम खलंगा पुगेको उहाँले बताए । सोमबार नै उनले केहि सहयोग मागेको उहाँले बताए ।
सहयोग गर्न ईच्छुकले माछापुच्छ«े वैँक मालिकार्जुन शाखामा दानीराम लोहारको नाममा रहेको खाता नं.०८९०११११०४८०००११ मा जम्मा गरिदिन उनले अग्रह गरे ।
“सेवा नै धर्म हो सहयोग गरौँ” !



