
दार्चुला । जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ घर भएका एक पुरुष २ महिना देखि बेपत्ता भएका छन् ।जहेन्द्र भण्डारी नाम गरेका ३८ वार्षिय पुरुष जेठ अन्तिम साता देखि अहिले सम्म बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
ब्यास गाउँपालिका वडा नम्बर १ दोपख्या भन्ने ठाउँमा पसल संचालन गर्दै आइरहेका भण्डारी लामो समय सम्म सम्पर्क बिहिन भएपछि परिवार चिन्तामा छ । पसल बन्द गरेर भारत छु भनेर जेठ अन्तिम साता फोन आएको र त्यसपछि सम्पर्क बिहिन भएको परिवार को भनाई छ ।
पसल बन्द गरेर महाकाली पारी भारतको माल्पा र छोङकन क्षेत्रमा लेवरी गर्न गएको भन्ने बुझिएको छ । उनको परिवारले खोजी गर्दा झोला,जुत्ता,टर्च भेट्टाएको छ । उनका परिवारले भण्डारीलाई कहि कतै कोहि कसै ब्यक्तिले भेटे सम्पर्क गरिदिन आग्रह गरेका छन् ।



