No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा बजार अनुगमन जारी, २७ किलो बोइलर कुखुराको मासु नष्ट

दार्चुला । दार्चुलामा बजार अनुगमन जारी छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले खलंगा बजारमा रहेका मासु, डेरी र पशु औषधी पसलको अनुगमन गरको छ । मंगलवार विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम वहादुर खड्काको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदको प्रमुख आतिथ्यतामा खलंगा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा साढे २७ केजी खान अयोग्य मासु भेटिएपछि मासुलाई बरामद गरि खाडलमा पुरिएको छ ।

अनुगमन टोलीले सदरमुकाममा रहेको दिनेश मासु पसल एण्ड फ्रेस हाउसबाट मात्रै २२ केजी कुखुराको मासु बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय अगाडी रहेको मासु पसलबाट साढे ५ केजी मासु बरामद गरेको छ । नियम विपरित काम गर्ने व्यवसायी जो कोहीलाई पनि कारबाही हुने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खडकाले जानकारी दिए ।

pm office

अनुगमन टोलीले सडेको मासु बिक्रीको लागि राख्ने पसलहरूलाई एक हप्ताभित्र जरिवाना कार्यालयमा बुझाउन आग्रह गरेको छ । सदरमुकाम तथा बंगाबगड क्षेत्रका २३ वटा पसलहरूमा गरिएको अनुगमनमा ८ वटा मासु पसल ४ वटा डेरी १ वटा एग्रोभेट अनुगमन गरिएको हो ।

अनुगमन टोलीले सानु मासु पसललाई ५ हजार जरिवाना तोकेको छ भने ठगुन्ना मासु पसललाई पनि ५ हजार जरिवाना तोकेको छ । तारामासु पसललाई पसलमा सरसफाइ गर्न निर्देशन दिएको छ । हरिस मासु पसललाई ५ हजार तथा जोशी एग्रोभेटलाई २ हजार जरिवाना गरिएको भेटनरी अस्पताल तथा पुश सेवा विज्ञकेन्द्र दार्चुलाले जनाएको छ ।

अनुगमनबाट ३७ हजार राजस्व संकलन गरिएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय , उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधि एवम पत्रकारहरुको उपस्थिति रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.