No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल भारत जोड्ने अस्थायी पुल निर्माणको लागि प्रजिअलाई दुम्लींग बासीको निवेदन

दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्वर २ राप्लाको दुम्लीङ क्षेत्रमा नेपाल भारत जोड्ने अस्थायी काठेपुल निर्माणको पहल गरिदिन दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्ययलाई दुम्लींग बासीले निवेदन गरेका छन ।

दुम्लींगबासी मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगी भारतिय वजार पाङगला गर्भाधार लगायतको क्षेत्रबाट दैनिक उपभोग्य सामग्रीहरु किनमेल गर्नु पर्ने बाध्यतात्मक अवस्था रहेको भन्दै उक्त क्षेत्रमा अस्थायी काठे पुल निर्माणको लागि पहल गरिदिन प्रजिअलाई आग्रह गरेको हुन ।

pm office

जिल्ला सदरमुकाम खलंगाबाट ४५÷५० किलोमिटरको दुरीमा रहेको दुम्लींग क्षेत्रका नागरीकहरुलाई नेपालको बाटो सदरमुकाम आउन जान २ दिन लाग्ने र भारतबाट तुईनको माध्यमले वार पार गर्नु पर्ने बाध्यता रहेको र वर्षेनी तुईनबाट दर्जनौ बढी नागरीकको अकालमै ज्यान गएको भन्दै अस्थायी काठेपुल माग गरिएको स्थानियले वताएका छन ।

दुम्लींग देखी १३ किलोमिटरको दुरीमा रहेको वडा नम्वर २ को माल क्षेत्रमा नेपाल भारत जोड्ने झोलुङगे पुल निर्माण सम्पन्न हुने अवस्थामा रहेपनि दुम्लींगबासीका लागी ३÷४ घण्टा पैदलामार्ग हिड्नु पर्ने बाध्यता रहेको दुम्लींगबासीको भनाई छ ।

वडा नम्वर २ को तल्ला दुम्लींगमा नेपाल भारत जोड्ने झोलुङगे पुल निर्माणको लागि सरकार सँग पटक पटक माग गर्दा हाल सम्म कुनै सुनवाई नभएकोले तत्कालको लागि अस्थायी रुपमा काठे पुल निर्माणको ब्यवस्था मिलाईदिन निवेदन दिएका छन ।
सोही क्षेत्रमा केही दिन अघि मात्रै १८ वर्षिय किशोर सचिन वुढाथोकी भारतको गर्भाधार बजार बाट घरकालागी आवश्यक सामग्री खरिद गरि तुईनको साहरामा घर फर्किने क्रममा तुईन गाडेको पोल भाचिएर नदिमा वेपत्ता भएका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.