No.1 News Portal from Sudurpashchim Province
bajaj

कबड्डी प्रतियोगितामा दार्चुलाको पहिलो जित

pm office

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशस्तरिय कबड्डी प्रतियोगितामा पहिलो पटक दार्चुला जिल्लाले जितेको छ ।

यहि असार २४ र २५ गते धनगढीमा सम्पन्न प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डी खेलमा महिला टोलिले प्रथम स्थान हासिल गरेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत क्षेत्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ लक्ष्मी ठगुन्ना, गायन्त्री धामी, वर्षा बोहरा, आशा कामी र मनिषा भट्ट छनौट भई २८ असारमा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् । यस्तै एथलेटिक्सतर्फ त्रिपल जम्पमा दुर्गा महरा प्रथम, करातेमा समीक्षा बुढाथोकीले द्वितीय स्थान हासिल गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.