No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रेमनगर मड बजारको एक खुद्रा पसलमा चोरी !

गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ प्रेमनगर मड बजारमा रहेको एक खुद्रा पसलमा गएराती चोरी भएको छ । पथ्थरले छाएको पसलबाट ४ हजार बराबरको रिचार्ज कार्ड र १३ हजार रुपैयाँ चोरी भएको पसल ब्यवसायी दिलेन्द्र सिंह धामीले सेतीकाली खबरलाई जानकारी दिए ।

pm office

ब्यवसायी धामीले भने–“हिजो बेलुका बावुले पसल बन्द गरेर घर जानुभएको हो आज बिहान पसल आउँदा ताल्चामा सरियाले हानेर ताल्चा फोडेर पसल भित्र पसि चोरी गरेको पाईयो”

चोरी कसले गरेको हो भन्ने अहिले सम्म पत्ता लागेको छैन, ईलाका प्रहरी चौकी मडमा धामीले उजुरी सहित निबेदन दिएका छन् । प्रहरीले अनुसन्धान गरिहेको छ ।

दार्चुलामा चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.