गोकुलेश्वर । श्री शैल्य शिखर धाम नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिलाको उत्तरपश्चिम मालिकार्जुन गाँउपालिका–३ मा अवस्थित छ । ऐतिहासिक महत्व बोकेकोे एक प्रमुख धार्मीक पर्यटकीय स्थल शैल्य शिखर धाम हो ।

दैशकै ठुलो धार्मीक क्षेत्रका रुपमा रहेको शैल्य शिखर धाम प्रचार–प्रसारको अभावमा ओझेल परेको छ । यो धाम देशकै सातौँ धामका रुपमा रहेको मालिकार्जुन मन्दिर भन्दा करिब पाँच हजार मिटरको उचाइमा छ । यस धाममा यो बर्ष असार २८ गतेका शुक्लपक्ष चतुर्दशी तिथीमा पुजन जात्रा र कार्तिक शुक्ल त्रियोदशीका दिन पुजन जात्रा लाग्ने छ । धाममा असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका दिन पुजन जात्रा लाग्छ । यो ठाउँमा गए आफुले मागेको पाईन्छ भन्ने समेत जनबिश्वास छ । मालिकार्जुन धाममा पुजा आजा गर्नको लागि भक्तजनहरु १५ दिन अगाडी देखि एकछाक मात्र खाएर बसेका छन् । मालिकार्जुन धाममा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतको उत्तराखण्डबाट समेत भक्तजनहरु आउने गर्दछन् । देउताकै नामबाट मालिकार्जुन गाउँपालिकाको नामाकरण समेत गरिएको छ ।
शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् । मालिकार्जुन गाउँपालिकामा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ । यसको ऐतिहासिक कुरा गर्दा श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ ।
भारतमा भएको धार्मिक दङ्गाका बखत १६ औँ सताब्दीतिर नेपाल विभिन्न राज्य उपराज्यमा विभाजन थियो । कर्णाली प्रदेशअन्तर्गत डोटीराज्यमा मल्ल वंशका राजा शासन गर्थे । भारतमा भइरहेको धार्मिक हिंसाका बेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए ।
हिन्दु शास्त्र परम्पराअनुसार वैद्धिक मन्त्र तथा विधिका साथ पुजापाठ गर्ने गर्दछन् ।
