No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा, २४६ बालबालिकाहरुले पाए खोप

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चता पालिका घोषणा गरिएको हो ।

pm office

जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनुपर्ने खोप तालिका अनुसार लगाएकाले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर गाउँपालिकाका स्वास्थ्य शाखा चक्र कार्कीले बताए । पालिकामा १६ देखि २३ महिना सम्मका २४६ जना बालबालिकाहरुले खोप लगाएको उनले बताए ।

शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले शैल्यशिखर नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा हुनु गौरबको विषय भएको बताए । कार्यक्रममा नगर प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत, ९ वटै वडाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.