No.1 News Portal from Sudurpashchim Province
bajaj

पहिरोमा परि नौगाडका एक पुरुषको मृत्यु

pm office

गोकुलेश्वर । जिल्लामा पहिरोका कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका ६ परीगाउँ बस्ने मान बहादुर ठगुन्नाका २१ वर्षका छोरा करन सिह ठगुन्नाको रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सनिवार (आज) बेलुकी करिब ५ बजे तिर भटडाणाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी राजेश शाहीले जानकारी दिए । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्सपेक्टर सुरज बहादुर सिह नेतृत्वको टोलि घटनास्थलमा गइरहेको तथा घटनाको बाकी विबरण आउन बाकी रहेको प्रहरीको भनाइ छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.