गोकुलेश्वर । आर्थिक वर्ष २०७८÷७९ मा २ कोठे विद्यालय भवन अन्तरर्गत सामाजिक विकास कार्यालय दार्चुलाले जिल्लाका नौ वटा स्थानीय तहमा १४ वटा विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेको छ । कार्यालयले भौतिक पूर्वाधार अभाव रहेका विद्यालयमा भवन निर्माणको कार्य गरेको कार्यालयले जनाएको छ ।

दुई कोठे विद्यालय भवन निर्माणका लागि रु २२ लाखका दरले बजेट विनीयोजन गरि यसै आर्थिक बर्षमा निर्माणको कार्य समपन्न भएको कार्यालय प्रमुख रामचन्द ओझाले जानकारी दिए । भवनको अभाव खेप्दै आएका विद्यालयमा भवन निर्माण भएपछि बालबालिकाले सहज रुपमा पठनपाठनको कार्य गर्न पाउने भएका छन । कार्यालयले यही आवमा जिल्लाका क्याम्पस भवन निर्माणको कार्यसमेत अगाडि बढाएको छ । यसका लागि मन्त्रालयले २ करोड ६६ लाख रुपैँया बजेट समेत पठाएको थियो । गत वर्ष पनि जिल्लाका १० वटा विद्यालयहरु २ कोठ भवन निर्माण गरेको जनाएको छ भने ७ वटा विद्यालय ४ कोठे भवन निर्माण गरेको छ । यस्तै ९ वटा छात्रा शौचालय निर्माण गरेको कार्यालयले जनाएको छ । यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका विद्यालय भवनहरुको ९० प्रतिशत रकम भुक्तानी भइसेकेको जनाएको छ । यसैविच गत फागुन देखि बैशाख सम्म गोकुलेश्वरका बादी समुदायकका २० जना महिलाहरुले सिलाइ कटाई तालिम समेत दिएको कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम संञ्चालनका लागि भन्दै १० लाख रुपैँया बजेट विनीयोजन गरेको थियो ।
तालिम मार्फत बादी समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम संञ्चालन गरिएको हो । यस्तै कार्यालयले १ सय ४१ जनालाई एक महिने लोक सेवा आयोगको कक्षा संञ्चालन गर्नका साथै ५८ जनालाई १५ दिने शिक्षक सेवा आयोगको तयारी कक्षाहरु पनि संञ्चालन गरेको कार्यालय प्रमुख ओझाले जानकारी दिए । यसका लागि मन्त्रालयबाट ४ लाख ६० हजार रुपैँया बजेट विनीयोजन गरेको थियो ।



