No.1 News Portal from Sudurpashchim Province
bajaj

अपि नाम्पा संरक्षण क्षेत्रबाट यार्साबाटै यति धेरै राजस्व संकलन

गोकुलेश्वर । दार्चुलामा रहेको एकमात्र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा निकासीबाट ३० लाख बढि रुपैयाँ राजस्व संकलन गरेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाका संरक्षक अधिकृत नुरेन्द्र अर्यालका अनुसार कार्यालयले प्रतिकिलोग्राम ३० हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको बताएका छन् ।

pm office

कार्यालयले हालसम्म ७ सय किलोग्राम यार्सागुम्बा निकासी बाफत ३० लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले हाल सम्म बन क्षेत्रबाट मात्रै २ करोड ४ लाख २३ हजार ४९० रुपैँया राजस्व संकलन गरेको छ । पर्यटन शुल्कबाट ६ हजार पदयात्राबाट २६ हजार ३ सय र अन्य बाट १ लाख ३० हजार बढि गरी अहिले सम्म २ करोड ५ लाख ८५ हजार ५सय १५ रुपैँया राजस्व संकलन गरेको छ ।

संकलन पुर्जी लिएको २ महिना भत्र छोड पुर्जि लिई यार्सा निकासी गरीसक्नुपर्ने कार्यालयले बताएको छ । हरेक वर्ष झण्डै ५ सय क्वीन्टलको हाराहारीमा यार्सा निकासी हुने गरेको तथ्याकं छ । जिल्लाको अपि हिमाल गाउँपालिकाको घुसा खण्डेश्वरी, सितोला, गुल्जर व्यास गाउँपालिकाको व्यास राप्ला लगायतका वनहरुमा यार्सागुम्बा पाइने गर्दछन् ।

यार्सा सङ्कलन गर्ने समय अनुकूल नहँुदा यसवर्ष यार्सा उत्पादन तथा सङ्कलनमा कमी आएको आकलन छ । यार्सा निकासीका लागि पहिले संकलन अनुमति पत्र लिनुपर्ने हुन्छ । संकलन अनुमति पत्र लिदा प्रति किलोग्राम ५ हजारका दरले धरौटी रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.