No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर अस्पतालमा तालिम प्राप्त स्वास्थ्यकमीद्धारा सर्प दंशको उपचार हुँदै, अन्यन्त्र जानुपर्ने बाध्यता हट्यो

दार्चुला । दार्चुलाको दोस्रो ठुलो बजार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित गोकुलेश्वर प्राथमिक अस्पतालमा सर्प दंशको उपचार भइरहेको सुरुमा १ जना तालिमप्राप्त स्वास्थ्यकर्मीको भरमा मात्रै सर्पको टोकाइ ब्यवस्थापन, उपचार सुरु भएको थियो भने हाल अस्पतालमा ३ जना सर्प दंशको उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको अस्पतालले सेतीकालि खबरलाई जनाएको छ ।

pm office

स्थापनादेखि हालसम्म करिब ३० जनाको सर्पको टोकाइबाट अस्पताल आएका सबैको सफल उपचार गरी निको पारेर पठाएको अस्पताल स्रोतले जनाएको छ । पहिला एक जनाको भरमा सर्पदंशको उपचार गरिन्थ्यो भने अहिले तीन जनाले स्वास्थ्य निर्देशनालय बाट तालिम प्राप्त गरी तीनै जनाले जनाले उपचार गर्ने बताईएको छ ।

अब दार्चुलामै सर्पदंशको उपचार हुनेभएपछि अन्यन्त्र जानुपर्ने बाध्यता हटेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.