No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी —६ बांगाबगरमा अटो र मोटरसाईकल ठोक्किँदा ५ जना घाइते

गोकुलेश्वर। बैतडीमा अटो र मोटरसाईकल ठोक्किँदा ५ जना घाइते भएका छन् ।

pm office

बुधबार दिउँसो महाकाली राजमार्गको डिलाशैनी गाउँपालिका—६ बांगाबगरमा पञ्ज्युनयाबाट गोकुलेश्वर तर्फ आइहेको सुपप्र ०२००३ प ९३६७ नं को मोटरसाईकल र विपरित दिशाबाट आइरहेको सुप प्र ०१००१ ह ४९६७ नं को अटो एकआपसमा ठोक्किँएका हुन् ।

घाईते हुनेमा दार्चुलाको लेकम गाउँपालिका—१ का ३२ वर्षीय मानसिहं कार्की उनकै श्रीमती ३० वर्षीया भागरती कार्की, बैतडीको दोगडाकेदार— १ का ५० वर्षीय खुईले भुल, अटो चालक डिलाशैनी— ६का ४० वर्षीय मनोरथ नाथ र वडा नं ६ कै मोटरसाईकल चालक सेटीगाउँ कृषि क्याम्पसका उपप्राध्यापक भरत माल रहेका छन् ।

घाइतेहरुको गोकुुलेश्वर अस्पतालमा उपचार भइरहेको छभने उनीहरुको अवस्था सामान्य रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.