No.1 News Portal from Sudurpashchim Province
bajaj

लामो समयपछि वर्षा, धान रोप्न नपाएका दार्चुलाका किसान खुसी

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ५ का स्थानिय यतिबेला निकै खुसी देखिएका छन् । लामो समयपछि वर्षा हुन थालेपछि धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् ।

pm office

लामो समयदेखि पानी नपरेपछि धान रोप्नको लागि हतारिएका किसान यतिबेला रोपाइँमा व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो । चर्को गर्मीका कारण सिँचाइमा कुनै राहत भइरहेको थिएन,” महाकाली ६ का स्थानिय प्रेम महरले भने, “अब खेती लगाउन सकिन्छ कि भन्ने आशा पलाएको छ । किसान खेतमा व्यस्त हुन थालेका छन् । निरन्तर पानी प¥यो भने धान रोप्न सहज हुन्छ ।”

गत वर्ष यो समयमा धान रोपाइँ सक्नुभएका महामाली नगरपालिका ७ का बिशाल रैखोलाले यस वर्ष भने धान रोपाइँ सुरु गर्नुभएको छैन । गत वर्ष जेठबाट मनसुन सुरु भएपछि जेठबाटै खेतको काममा व्यस्त हुनुभएका उनले बल्ल खेतको काममा निस्किएका छन् । “पानी नपरेपछि रोपाइँ समयमै गर्न सकिएन । अब पानी पर्न थाल्यो अब रोपाइँको काम हुन्छ होला,” उनले भने “सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर पाउन निकै कठिन भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.