गोकुलेश्वर – बैतडीमा से १ ज १०८७ नम्बरको जिप दुर्घटना भएको छ । महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका वडा नं ६ को पंज्यूनयाँमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका जिप चालक २५ बर्षीय भुवन बिष्ट र जिप साहु ३२ बर्षीय हरीदत्त जोशी रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरीचौकी गोकुलेश्वरले जनाएको छ । जिपमा दुई जना मात्रै सवार रहेको बताइएको छ ।
