शैल्यशिखरमा बसले किच्दा ६ वर्षे बालकको मृत्यु ,बस जलाइयो(फोटो फिचर)
शैल्यशिखर नगरपालिका–२ रौत्यडा घर भएका महेश कपाडीको ६ वर्षीय छोरा अमृत कपाडीको आज दिउँसो करिब ३ बजेतिर महाकाली यातायातको ना ५ ख १८०८ नम्बरको बसले शैल्यशिखर नगरपालिका–२ रौत्यडा घर नजिकै किच्दा घटनास्थलमै मृत्यु भएको छ ।
गोकुलेश्वर। दार्चुलामा बसले किच्दा ६ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–२ रौत्यडा घर भएका महेश कपाडीको ६ वर्षीय छोरा अमृत कपाडीको आज दिउँसो करिब ३ बजेतिर महाकाली यातायातको ना ५ ख १८०८ नम्बरको बसले शैल्यशिखर नगरपालिका–२ रौत्यडा घर नजिकै किच्दा घटनास्थलमै मृत्यु भएको छ ।
बालकको घटनास्थलमै मृत्यभएपछि आक्रोशित स्थानीयले बस जलाएका छन्भने बसका सहचालक दिपक जोशीलाई समेत सख्त घाइते हुने गरी कुटेका छन् ।

सोही बसमा करिब १ः४० बजेतिर शैल्यशिखर नगरपालिका — ९ गोकुलेश्वर बजारबाट आफ्नो घर शैल्यशिखर–२ रौत्यडा गएका मृतक बालकलाई बसबाट उत्रीने बेला बसले किचेको हो । बस चालक राजेन्द्र महरा प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मृतकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।






