अछाम। सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अछाम जिल्लाभरी चुनावको माहोल तातेको छ ।
भर्खरै मात्रै स्थानीय तहको पुनर्संरचना भएको र पुनर्संरचना सहितको स्थानीय तहमा नेतृत्व लिनका अब्बल नेताहरु आउनुले मुलुकले साँच्चै परिवर्तन खोजेको हो कि भन्ने आभास गराएको छ ।
नेकपा (एकीकृत समाजवादी)बाट अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष पदकोे लागि समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज राजेन्द्र कुँवरको नाम सिफारिस भएको छ ।
उनको नाम नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चौरपाटी गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो ।
वि.सं. २०३६ असार १० गते स्व.गोरे कुवँर र आमा स्व.लल्ता देबि कुवँरको काइलो सन्तानका रुपमा जन्मेका कुवँरले २०५२ चैत्र १२ गते नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए ।
कुवँर २०४७ सालमा अनेरास्ववियुमा संगठित भई बैजनाथ माबिको प्रारम्भिक कमिटी अध्यक्ष, २०५१ मा जिल्ला कमिटी सदस्य,२०५४ सालमाा कोषाध्यक्ष,दुई कार्यकाल अछाम जिल्ला कमिटी उपाध्यक्ष,बिराटनगर काठमाडौं बुटवलमा भएको राष्ट्रिय सम्मेलनको प्रतिनिधि र अखिलको सेती अंचल कमिटी सदस्य रहेका थिए ।
२०५४ सालमा नेकपा एमाले ईलाका कमिटी इलाका नम्बर १ को उपसचिव,२०५६ साल देखि पत्रकारितामा संल्गन भएका कुवँर २०५९ सालमा नेपाल पत्रकार महासंघ अछाम डोटि शाखाको संस्थापक उपाध्यक्ष, काठमाडौमा भएको नेपाल पत्रकार महासंघमा केन्द्रिय महाधिवेशनमा केन्द्रीय पार्षद भएर सहभागी रहेका थिए ।

यसैगरी २०७४ सालमा प्रेस चौतारीको केन्द्रिय सदस्य,२०७५ प्रेस संगठन नेपालको केन्द्रिय सदस्य रहेका कुवँर २०७८ कार्तिक २७ गते समाजबादी प्रेस संगठनको केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् ।
नेकपा जिल्ला कमिटी सदस्य कुवँर नेकपा एमाले समान्नतर कमिटीको सचिवालय सदस्य हुनुका साथै हाल नेकपा (एकीकृत समाजवादी ) अछाम जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख हुन् ।
रेडियो रामारोशन, जनप्रीय रेडियो,हाम्रो सफलता रेडियोमा संलग्न रहेका कुवँरले दृष्टि साप्ताहिक,चुरे टाइम्स दैनिक नवयुग अछाम सन्देश साप्ताहिक,नयाँ अछाम संन्देश साप्ताहिक,बैधनाथ दैनिक लगायतका संचारमाध्यममा काम गरेका छन् ।
गाउँपालिकाको अध्यक्षमा आफुले टिकट पाएमा गाउँको विकास, सुशासन र समृद्धिका लागि काम गर्नुका साथै सडकको स्तरउन्नति, शिक्षामा गुणस्तर,जनताको जिवनशैली परिवर्तन गर्ने कार्यक्रम अधि बढाउने अध्यक्षका प्रत्यासी कुँवरको भनाई रहेको छ ।
यस्तै वडाको भुगोल अनुसार कृषि र पशुपालन व्यवसायलाई पकेट क्षेत्रको अवधारणाबाट अधि बढाउने योजना रहेको बताए ।
उनले पार्टीले उम्मेदवार बनाएपछि आफूले चुनाव जित्ने र पालिकालाई अझ उचाइमा लैजाने योजना आफूसित रहेको बताए ।
यस्ता छन् कुवँरका प्रतिबद्धता
- एक घर एक धारा,एक करेसा वारि १० फलफूलका बिरुवा ।
- युवाहरूलाई आधुनिक तथा व्यावसायिक कृषि पेशा लाग्न प्रोत्साहन गरिने आमा सुरक्षा कार्यक्रम अन्तरगत गर्भवती महिलालाइ निशुल्क एम्बुलेन्स सेवा ।
- प्रस्तुति सेवा गुणस्तर सुरक्षित गर्भपतन सेवा किशोर किशोरीका लागि स्वास्थ शिक्षा
- १ देखि १२ सम्म निशुल्क शिक्षा ।
- ८,९,१० मा स्वच्छिक कम्प्युटर शिक्षा ।
- एक वडा एक खेल मैदान ।
- सिकाइ उपलब्धिको आधारमा बिधालयलाइ सम्मान सहित पुरुस्कार र अनुदान प्रदान गरिने ।
- सडक स्तरोउन्नती ।
- हरेक बर्ष एउटा पत्रकार संचार गृहलाई सम्मान सहित छापा इलोट्रोनिक र अनलाइन संचार गृहलाई अनुदानको ब्यब्स्था गरिने ।
- एन्टि फाइबरको सेवा बिस्तार गरि हरेक वडामा वाइफाइ जोन बनाउने ।
- स्थानीय गाउँपालिका भित्र रहेका कलाकारलाई वर्षमा एक पटक सम्मान गरि स्थानीय कला संस्कृति र धार्मिक स्थलको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गरिने ।



