गोकुलेश्वर ।नेकपा एकीकृत समाजवादी पार्टी दार्चुलाले जिल्लाका ९ वटा स्थानीय तह मध्ये ७ स्थानीय तहमा प्रमुख उपप्रमुखको टुङगो लगाएको छ ।

बुधबार आज जिल्ला पदाधिकारीको बैठकले लेकम गाउँपालिकाको अध्यक्षमा नरेश गिरी,उपाध्यक्षमा मानमती रावल,अपिहिमाल गाउँपालिका अध्यक्षमा कम्लेस रोकाया,उपाध्यक्षमा रुक्मति जागरी,नौगाड अध्यक्षमा बिरबहादुर ठगुन्ना,उपाध्यक्षमा बसन्ती ठगुन्ना,शैल्यशिखरको मेयरमा अजब सिंह बिष्टलाई उम्मेदवार बनाउने सहमति गरेको छ । यसैगरी मालिकार्जुनको अध्यक्षमा किसन धामी,महाकाली नगरपालिकाको मेयरमा गणेश जोशी र उपमेयरमा धनुसा पाल र मार्मा गाउँपालिकाको अध्यक्षमा इन्द्र बिष्ट र उपाध्यक्षमा निर्मला बिष्ट जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी उपाध्यक्ष रुक्मति जागरीले जानकारी दिनुभयो ।
यस्तै उक्त बैठकले जिल्ला कमटी सचिव रहेका जनक सिंह डाँगालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको उहाँले बताउनुभयो । उहाँले भर्खरै मात्रै एकीकृत समाजवादी त्यागेर एमालेमा प्रवेश गरेका थिए ।



