डिलाशैनीबाट काँग्रेस बैतडीको घर घर जाऔं, काङ्ग्रेस जिताओैँ अभियान सुरू
विभिन्न पार्टी परित्याग गरि १ सय ८३ जनाले काङ्ग्रेसमा प्रवेश
गोकुलेश्वर। नेपाली काङ्ग्रेस बैतडीले घर घर जाऔं ,काङ्ग्रेस जिताओैँ अभियान अन्तर्गत आज डिलाशैनीबाट सुरूगरेको छ ।आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ८३ जनाले काङ्ग्रेसमा प्रवेश गरेको डिलाशैनी कार्यसमिति सभापति जयराज जोशीले बताउनुभयो ।

दश वटै पालिकामा चल्ने कार्यक्रम मार्फत विपक्षी पार्टीले विगतमा गरेका संविधान विरोधि गतिविधिको बारेमा जनतालाई सुसूचित गराउने,एमसिसि बारे जनाताको बिचमा पारेका भ्रमित कुराहरूको चिरफार लगायतका बिषयमा अभियान चलाउने गरि डिलाशैनीबाट कार्यक्रमको सुरूवात गरेको सभापति जोशिले बताए ।
यस अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदश्य यज्ञराज जोशीलाई बैतडीमा खटाएको छ ।



