एमाले पूर्व जिल्ला अध्यक्ष सहित दर्जन बढी नेता समाजवादीमा प्रवेश
जोरायल गाउँपालिका — ६ का वडा अध्यक्ष लाल बहादुर साउँद सहित १९ जनाले एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गोकुलेश्वर। डोटीमा नेकपा एमाले पूर्व अध्यक्ष सहित दर्जन बढी नेताहरुले नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
२०६७ देखी २०७० साल सम्म नेकपा एमाले डाटीको जिल्ला अध्यक्ष बनेसकेका र हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेका नारद मलासीले एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

पूर्व अध्यक्ष मलासीसँगै एमालेका महाधिवेशन प्रतिनिधि एवं अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष धनबहादुर नेपाली, जिल्ला कमिटि सदस्य लोक बहादुर बलायर र दीप बहादुर बमले पनि समाजवादीमा प्रवेश गरेका छन् ।
यस्तै एमालेका पूर्व जिल्ला सदस्य केशरसिंह कठायत, मकर बहादुर खड्का, धुर्वराज उपाध्याय, झलक साउँद, जोरायल गाउँपालिका — ६ का वडा अध्यक्ष लाल बहादुर साउँद सहित १९ जनाले एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई मंगलबार सिलगढीमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले स्वागत गरेकी हुन् ।
सुदुरपश्चिम प्रदेशका इन्चार्ज तथा राष्टिय सभा सदस्य गरिमा साहको रहेको प्रमुख आथित्यता रहेको कार्यक्रममा पूर्व मन्त्री भानुभक्त जोशी , पूर्व राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर,हर्क बहादुर सिंह, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी लगायत अन्य समाजवादी नेताहरुको उपस्थिति रहेको थियो ।



