गोकुलेश्वर। दार्चुलामा कोरोना संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम तथा न्यूनीकरण गर्न प्रहरीले मास्क अभियानलाई प्रभावकारी बनाउन प्रहरीले सक्रियता देखाएको छ ।

प्रहरीले जिल्लामा ‘तपाईँको मास्क खै ?’ अभियान सञ्चालन गरेर सचेत गराइरहेको छ । मास्क अभियान प्रभावकारी बनाउन सोमबार दार्चुलाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले आफैँ सडकमा उत्रिएर मास्क बिना हिँडडुल गर्नेलाई सचेत गराउँदै मास्क वितरण गरेका छन् ।
कोरोना भाइरसको नयाँ स्वरूप ’ओमिक्रोन’ को संक्रमणलाई मध्यनजर गर्दै मास्क लगाउन अभिप्रेरित गर्न सचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी प्रमुख भट्टले बताए ।
साथै उनले आम सर्वसाधारणहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।



