दोगडाकेदारमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते
सोमबार साँझ करिब ६ बजेतिर जंगली बँदेल गाउँमै पसेर उनीहरुलाई घाइते बनाएको हो ।
गोकुलेश्वर। बैतडीमा जंगली बँदेलको आक्रमणबाटचार जना घाइते भएका छन् ।

सोमबार साँझ जिल्लाको दोगडाकेदार गाउँपालिका — १ घोरडी टोलका ४५ बर्षीय बलबहादुर कार्की,६५ बर्षीय मन्नाम जोशी,५५ बर्षीय हरिदत्त जोशी र ४५ बर्षीय बीरभान सार्की घाइते भएका छन् ।
घाइते भएका बलबहादुर कार्की र मन्नाम जोशीको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ ।
सोमबार साँझ करिब ६ बजेतिर जंगली बँदेल गाउँमै पसेर उनीहरुलाई घाइते बनाएको हो ।



