गोकुलेश्वर। गोकुलेश्वर सहित दार्चुलामा अत्यधिक चिसो बढेको छ । बिहीबारदेखि मौसममा देखापरेको बदलीसँगै शनिबारदेखि जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ ।

जिल्लाको व्याँस गाउँपालिकाका उच्च भागमा हिमपात भएको छ । यसैगरि अपी हिमालको खण्डेश्वरी, दुहुँको सिद्धटोपी, मालिकार्जुन गाउँपालिकाको शिखर लगायत क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।
तीन चारदिनदेखि जिल्लाको मौसममा बदली भएको हो । उच्च लेकाली भेगमा हिमपात भएपछि जिल्लाभर चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित बनेको छ ।



