गोकुलेश्वर। नेपालमा बैंकिङ क्षेत्रको सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड दार्चुला शाखाले बित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
आज मंगलबार नेपाल बैंक लिमिटेड दार्चुला शाखाले बैतडीको डिलाशैनी गाउँपालीका —६ मा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बैंक लिमिटेड दार्चुला शाखाका शाखा प्रवन्धक रामचन्द्र जोशीले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्दै बित्तीय साक्षरताको आवश्यकता,निक्षेप प्रोडक्टहरु,कर्जाका प्रोडक्टहरु,बैंंकको डिजिटल प्रोडक्टहरु र तिनको उपयोग तथा प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरुको बारेमा बताएका हुन् ।
यस्तै शाखा प्रवन्धक जोशीले नेपाल बैंक लिमिटेडले हालै विद्यार्थीहरुको भर्चुअल सिकाईलाई सहयोग पुर्याउने हेतुले ल्याएको नयाँ निक्षेप खाता शुभज्ञान बचत खाताको बारेमा समेत जानकारी गराएका छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख राजेन्द्र प्रसाद जोशी शिक्षक विद्यार्थी गरि ६० जनाको सहभागिता रहेको थियो ।



