No.1 News Portal from Sudurpashchim Province
bajaj

एकीकृत समाजवादी मार्मा गाउँपालिकाको प्रथम गाउँ भेला सम्पन्न

गोकुलेश्वर। नेकपा (एकीकृत समाजवादी) ले दार्चुलामा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा मंगलबार (आज) मार्मा गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीको प्रमुख आतिथ्यतामा मार्मा गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न भएको हो ।

pm office

भेलाबाट जगतसिंह बिष्ट (सोबन) गाउँ कमिटी अध्यक्षमा सर्बसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा बिसन सिंह धामी र हरक सिंह बिस्ट, सचिवमा हेमराज जोशी रहने गरि ३७ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्नाले चौलानी खबरलाई बताए।

उक्त भेलालाई सम्बोधन गर्दै मन्त्री जोशीले देशकै एक नम्बरको पार्टी बनाउने अध्यक्ष माधब नेपालको सपना सकार गर्न आफुले नेकपा एकीकृत समाजवादी रोजेको बताएका छन् ।

अर्को प्रसंगमा बोल्दै उनले भने,’केन्द्रमा केपी ओली र दार्चुलामा गणेश ठगुन्ना एकतन्त्रीय भएकाले जिल्लामा नेता जन्माउन र नेतृत्व हस्तान्तरण गर्न नसकेका ठगुन्नाले केपी प्रवृत्ति रोजेको हो ।’

भेलामा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य ईन्द्रसिंह बिष्ट, प्रदेश कमिटी सदस्य गणेशकुमार जोशी, जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्ना लगायतका अन्य नेताहरुको आतिथ्यता रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.