No.1 News Portal from Sudurpashchim Province
bajaj

कानून मन्त्री जोशी मार्मा गाउँपालिकामा

कानून मन्त्री जोशी नेकपा एकीकृत समाजवादीको प्रथम गाउँ भेलालाई सम्बोधन गर्न लटिनाथ पुगेकी हुन् ।

गोकुलेश्वर। सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी मंगलबार दार्चुलाको मार्मा गाउँपालिका पुगेकी छिन्।

कानून मन्त्री जोशी नेकपा एकीकृत समाजवादीको प्रथम गाउँ भेलालाई सम्बोधन गर्न लटिनाथ पुगेकी हुन् । एकीकृत समाजबादी दार्चुलाका जिल्ला इन्चार्ज नरेन्द्र विष्ट तथा नेकपा एकीकृत समाजबादी प्रदेश कमिटी सदस्य इन्द्र विष्टको विषेश उपस्थितिमा प्रथम गाउँभेला हुने भएको छ।

pm office

प्रदेश सरकारका कानुन मन्त्री जोशी मार्माको प्रथम गाउँ भेला सम्पन्न गरेर बेलुकी दार्चुला सदरमुकाम जाने कार्यक्रम रहेको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म दार्चुलाको नौगाड गाउँपालिका र अपि हिमाल गाउँपालिकामा गाउँ कमिटी चयन गरिसकेको छ।

नौगाड गाउँपालिकाको अध्यक्षमा किशनसिंह ठगुन्ना,उपाध्यक्षमा चन्द्रावती ठगुन्ना, राजेन्द्रसिह धामी ,सचिवमा रमौती ठगुन्ना ,नरेन्द्रसिंह ठगुन्ना, सह—सचिवमा जानकी देबी ठगुन्ना र सन्तोषसिह ठगुन्ना गरि २३ सदयीय गाउँ कमिटी चयन गरेको छ ।

यसैगरी अपि हिमाल गाउँपालिकाको अध्यक्षमा धनपाल बोहरा,उपाध्यक्षमा गमन ठेकरे, सचिवमा गोबर्धन महता, सह—सचिवमा गजेन्द्र ठेकरे र डब्बल कार्की गरि २५ सदस्यीय कमिटी चयन गरिएको छ।

मार्मा गाउँपालिकामा भने आज नै गाउँकमिटी चयन गरिने छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.