गोकुलेश्वर। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोउन्नती गर्नका लागि २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अध्यक्षतामा आइतबार बसेको क्यानको बैठकले गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोउन्नती गर्नका लागि रु २ करोड ६५ लाख ४८ हजार बजेट विनियोजन गरेको छ ।

आज बसेको उक्त क्यानको बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि १ अर्ब , डोटीको दिपायल विमानस्थललाई स्तरोउन्नती गर्न, २५० मिटर धावन मार्ग थप गर्ने ,टर्मिनल भवन बनाउन र जग्गा अधिग्रहण गर्नको लागि १८ करोड ६१ लाख, अछामको साँफेबगर विमानस्थलको स्तरोउन्नती गर्न ३ करोड, अछामकै कमल बजार विमानस्थल सुद्दढीकरण गर्न ३ करोड,कञ्चनपुरको महेन्द्रनगर विमानस्थल सुद्दढीकरण गर्न २ करोड ५१ लाख र दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माण तथा स्तरोउन्नती गर्नका लागि २ करोड ६५ लाखबजेट विनियोजन गरेको हो ।
यसैगरी बैतडीको पाटन विमानस्थल वहुवर्षीय आयोजना मार्फत निर्माण गर्न १ करोड ५० लाख, बझाङ विमानस्थलको लागि १२ लाख ९९ हजार, बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार र डडेल्धुरा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।




