
गोकुलेश्वर। एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टीमले शुक्रबार भएको दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएको छ ।
माल्दिभसविरुद्ध नेपालले २५-११, २५-९ र २५-५ को सेटमा जित निकाल्न सफल भयो। हिजो बिहीबार नेपालले पहिलो खेलमा श्रीलंकालाई हराउदै सानदार जित निकाल्न सफल भएको थियो ।



