No.1 News Portal from Sudurpashchim Province
bajaj

काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायर बिजयी

गोकुलेश्वर। काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिको सभापतिमा बीरबहादुर बलायर बिजयी भएका छन् । रामचन्द्र पौडेल समुहका नारायणदत्त मिश्रलाई हराउँदै शेरबहादुर देउवा समुहका बलायर सभापतिमा निर्वाचित भएका हुन् ।

pm office

उनले कूल खसेका १ हजार ३ मध्ये उनले ६ सय ८८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २ सय ८० मत प्राप्त गरेका छन्।

देउवा समुहकै उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६ सय १० र अवस्थीले ५ सय २३ मत पाएका छन्। महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह मनु र मेघराज खड्का विजयी भएका छन्। शाहले ६ सय ४८ र खड्काले ६ सय ३५ मत पाएका छन्।

सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.