No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीको एक विद्यालयमा विद्यार्थीमा कोरोना देखिएपछि तीनदिनका लागि विद्यालय बन्द

गोकुलेश्वर। बैतडीको एक विद्यालयमा विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि तीनदिनका लागि विद्यालय बन्द गरिएको छ ।

pm office

जिल्लाको पाटन नगरपालिका -४ स्थित भुमेश्वर मावि ठाँड बगाडीमा कक्षा १० मा अध्ययनरत एक छात्रा र विद्यालय नजिकैको टोलमा ३ जनामा कोरोना पोजेटिभ देखिएपछि १९ गतेदेखि २१ गते सम्मका लागि विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीमा कोरोना देखिएपछि शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले मंसिर २१ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उक्त विद्यालयका रुघाखोकी लागेका विद्यार्थी , शिक्षक, शिक्षिका र कर्मचारी सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना जाँच गराउन समेत आग्रह गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.