No.1 News Portal from Sudurpashchim Province
bajaj

कक्षा १२ को नतिजा सार्वजनिक , यसरी थाहा पाउनुस् नतिजा

गोकुलेश्वर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गरेको छ । बिहान ९ बजे बोर्डको बैठक बसेर नतिजा प्रकाशित गरेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

pm office

नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ मा हेर्न सकिने अर्यालले बताए । अहिले नतिजा अपलोडको काम भइरहेको उनले जानकारी दिए । त्यस्तै एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.