गोकुलेश्वर। बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला सदरमुकाम गोठलापानीबाट दोगडाकेदार गाउँपालिका -४ को बसालीतर्फ आईरहेको से १ ज २२६ नम्बरको जिप बिहीबार दिउँसो ४ बजेतिर दोगडाकेदार -३ को तारलमा दुर्घटना भएको छ ।
दुर्घटनामा दोगडाकेदार गाउँपालिका -५ न्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह कार्की र दशरथचन्द नगरपालिका -११ बर्तोलीका डम्मर महरा घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोती बमले बताए।
१० जना सवार जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । सडक चिप्लो भएका कारण जिप चिप्लेर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ । जिप चालक भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







