गोकुलेश्वर। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाली काँग्रेस बैतडीको प्रदेश सभा ‘ख’ अन्तर्गत क्षेत्रीय सदस्यमा अनिल कुमार विष्ट मनोनित भएका छन्।
नेपाली काँग्रेस बैतडी प्रदेश सभा ‘ख’ का नव निर्वाचित सभापति शिवराज भट्टले मंगलबार आज विष्टलाई मनोनीत गरेका हुन्। नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) परिच्छेद ३ को धारा १० को उपधारा ४(ख) बमोजिम उनलाई मनोनयन गरिएको काँग्रेस बैतडी क्षेत्रीय कार्यय समितिका सचिव धनबहादुर क्षेत्रीले बताए ।

डेढ दशकदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका युवा नेता विष्टले पहिलो पटक क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनित भएका हुन् । २०६३ साल देखि नेविसंघ राजनीतिमा होमिएका विष्ट दार्चुला,बैतडी,कञ्चनपुर सम्म सहयोगी रूपमा देखिनुहुन्छ ।
२०६३ सालमा गोकुलेश्वर माध्यमिक विद्यालयबाट सक्रिय रूपमा राजनीतिक यात्रा तय गरेका विष्टले दार्चुलाबाट नेविसंघ जिल्ला सदस्य ,महाधिवेशन प्रतिनिधि, नेपाल संस्कृतिक संघ केन्द्रीय प्रतिनिधिको भूमिका समेत निर्वाह गरि सकेका छन् ।




