No.1 News Portal from Sudurpashchim Province
bajaj

रावलले अध्यक्षमा उम्मेदवारी दिँदै भने, ‘जितें भने दुवै निर्वाचनमा एमालेलाई बहुमत दिलाउँछु’

गोकुलेश्वर। नेकपा एमालेको अध्यक्षका लागि उम्मेदवारी दिँदै भीम रावलले आफू निर्वाचित भए पार्टीलाई आउँदो निर्वाचनमा बहुमत दिलाउने बताएका छन्।

pm office

उम्मेदवारीपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो नेतृत्वमा एमाले ठूलो दल बन्ने बताए। उनले भने, ‘यदि अध्यक्षमा मलाई जिताइयो भने म दुवै निर्वाचनमा एमालेलाई बहुमत दिलाएर छाड्छु।’

रावलले आफू निश्चित मान्यतामा अडिएर सिद्धान्तका लागि लडेको बताउँदै मनोनयन नगर्ने आशंका दूर भएको बताए। ‘धेरैले घोषणा गरे पनि मनोनयन गर्न नसक्ने बताउनुहुन्थ्यो। मनोनयन गरेको छु,’ उनले भने।

आफूले समूह भने नबनाउने उनले बताए। पार्टीले प्यानल बनाएर लड्न नहुने निर्णय गरिसकेकाले त्यसमा अडिग रहेको बताउँदै सबै व्यक्तिगत रुपमा दिइरहेका उम्मेदवारी दिइरहेको बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.