गोकुलेश्वर। दार्चुला उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनमा अध्यक्ष पदमा सहमति जुटन् नसक्दा निर्वाचन हुँदै छ ।

अध्यक्षका लागि उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरेशसिह थापा र उपाध्यक्ष इन्द्रदेव पन्त बीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षबाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका छन् । उद्योग वाणिज्य अध्यक्षका थापालाई नेकपा एमालेको साथ रहेको छ भने पन्तलाई नेपाली काँग्रेसले साथ रहेको छ। उद्योग
उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा बिशनसिंह बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिंह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिंह धामी, सहकोषाध्यक्ष प्रेमसिंह डडाल चयन भएका छन् ।



