गोकुलेश्वर। लेकममा सुसाइड नोट लेखेर एक किशोरले आत्महत्या गरेका छन् । लेकम गाउँपालिका-४ बुढाकोटका १६ वर्षीय किशोर सुदिप भाटले हिजो(शुक्रबार) घर नजिकैको खेतमा आत्महत्या गरेका हुन् ।
भाटले सुसाइड नोट लेखेर आत्महत्या गरेको ठाउँमै छोडेको पाइएको संवाददाता भुवन जोशीले जानकारी दिए । सुसाइड नोटमा उनले लखेका छन्, ‘मैले पैसा नचोर्दा नचौदै पनि मलाई चोरको आरोप लगाईयो यसरी चोरी नगरिकन चोर भनेका सहन सकेन त्यसैले आत्महत्या गर्न बाध्य भए ।’

करिब ५ पृष्ठ लामो सुसाइड नोटमा उनले आफ्नै गाउँको ४ जना मानिसको नाम खुलाएर आफू आत्महत्या गर्न बाध्य गर्ने उनै ४ जना दोषी भएको लेखेका छन् ।
मृतक भाटको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम भएको र रिपोर्ट आएपछि आफन्तले शव बुझ्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी प्रमुख अरुण बमले जानकारी दिए ।




