No.1 News Portal from Sudurpashchim Province
bajaj

बिल तिर्न नसकेपछि अस्पतालको तेस्रो तलाबाट हाम फालेर बिरामीले गरे आत्महत्या

गोकुलेश्वर। विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गरेको बिल तिर्न नसकेपछि एक बिरामीले तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

pm office

धनपालथान गाउँपालिका– १ का शिवकुमार मण्डलले मृत्यु रोजेका हुन् । अस्पताल प्रशासनले भने घटनामा आफूहरूको कुनै गल्ती नभएको दाबी गरेको छ ।

छारेरोगको उपचारका लागि मण्डल ४ मंसिरमा अस्पताल भर्ना भएकोमा ७ गते अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । तर, अस्पतालमा उनको बिल तिर्न बाँकी थियो । करिब ३६ हजार खर्च भएकोमा १९ हजार तिर्न नसकेपछि अस्पतालले बन्धक बनाएको र सोही कारण मण्डलले आत्महत्याको बाटो रोजेको मृतकका आफन्त कृष्ण मण्डलको दाबी छ । मृतकको आर्थिक अवस्था निकै कमजोर रहेको उनले बताए ।

बिहान ६ बजे उनले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । उपचारको क्रममा चार घन्टापछि उनलाई मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.