No.1 News Portal from Sudurpashchim Province
bajaj

आइतबार चेक गणतन्त्रले नयाँ प्रधानमन्त्री पाउने

गोकुलेश्वर। कोरोनाभाइरसबाट संक्रमित भएका चेक गणतन्त्रका राष्ट्रपतिले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्। अस्पतालमा रहेका राष्ट्रपति मिलोस जेमान शनिबार अस्पतालबाट निवासमा फर्किने अस्पतालले जनाएको छ ।

pm office

अस्पतालबाट घर फर्किएकै भोलिपल्ट उनले उदारवादी नेता पेट्रो फियालालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने बताइएको छ । उनका प्रवक्ताले शुक्रबार दिएको जानकारी अनुसार बाम झुकाव राख्ने ७७ बर्षीय राष्ट्रपति जेमान गत अक्टोबर १० मा अस्पताल भर्ना भएका थिए ।

आम निर्वाचन भएको भोलिपल्ट उनी अस्पताल भर्ना भएका हुन् । उनलाई कलेजोसम्वन्धी समस्यासमेत भएकाले चिकित्सकहरुले उनलाई यति लामो समयसम्म अस्पतालमै राखेका हुन् । उनलाई भर्ना गरिएको पाराग्वे सैनिक विश्वविद्यालय अस्पतालले गत विहिबार वक्तव्य जारी गर्दै उनी चाडै घर फर्किन सक्ने जनाएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.