No.1 News Portal from Sudurpashchim Province
bajaj

माओवादी केन्द्रले आज एकैपटक ७ सय ५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

गोकुलेश्वर। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले शनिबार ७ सय ५३ वटै स्थानीय तहमा पालिका सम्मेलन गर्दै छ ।

माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी पालिका स्तरीय सम्मेलन आयोजना गर्न लागेको हो ।

pm office

पालिकासम्मेलनलाई आज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन।

शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्ने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए। यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ। आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ। पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धति अनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ।

सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.