गोकुलेश्वर। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेलमा च्यासल युथ क्लबले विभागिय टीम एपीएफसँग खेल्ने छ । त्यस्तै दोस्रो खेल मनाङ मर्स्याङदी र हिमालयन शेर्पासँ क्लवले प्रतिस्पर्धा गर्ने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजेबाट हुनेछ । च्यासलले हालसम्म कुनैपनि खेलमा जित निकालेको छैन । आज च्यासाल पहिलो जितको खोजीमा हुनेछ । उसले पहिलो खेलमा थ्री स्टारसँग ३-० को फराकिलो हार बेहोरेको थियो ।
त्यस्तै उता एपीएफ पनि पहिलो जितको खोजीमा रहनेछ । उसले पनि पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ को हार बेहोरेको थियो । त्यस्तैगरी मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लवबीचको खेलपनि ४:४५ मा हुने छ ।



