No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला काँग्रेस सभापतिमा दोब्बर बढी मतले बोहरा बिजयी

गोकुलेश्वर। नेपाली काँग्रेस दार्चुलाको सभापतिका ललितसिंह बोहरा बिजयी भएका छन् । प्रतिस्पर्धी अमरसिंह धामीभन्दा दोब्बर बढी मत ल्याएर बोहरा बिजयी भएका हुन् । बोहराले ६ सय २० मत ल्याउँदा धामीले ३ सय ९ मत मै चित्त बुझाए ।

धामी संस्थापन अर्थात पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन । संस्थापन इतर समूहका बोहरालाई केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्र बडूको साथ रहेको थियो। नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशनबाट उनले पुनः दोस्रो कार्यकाल सम्हालेका छन् ।

pm office

यस्तै उपसभापतिमा ललितसिंह ठगुन्ना (५४०), महादेव बडू (४८२), सचिवमा पुलेन्द्र बहादुर कार्कीले सबैभन्दा बढि मत (६६५), माधवराज भट्ट (४८२), सहसचिवमा राजु अवस्थी (५६९), राजेन्द्र प्रसाद जोशी (४२८) मत ल्याएर विजयी भएका छन् ।

यस्तै जिल्ला कार्यसमिति सदस्य खस-आर्य तर्फबाट इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, शेरसिंह धामी, भानसिंह धामी, जिल्ला कार्यसमिति सदस्य गापा÷नपाबाट नविन चन्द, बहादुर सिंह खत्री, अमर बहादुर विष्ट, गंगादत्त जोशी, जिल्ला कार्यसमिति सदस्य अपांगता अल्पसंख्यकमा दानी गिरी निर्वाचित भएका छन् ।

यसैगरि जिल्ला कार्यसमिति सदस्यमा करन सिंह धामी, भागरथी देवी धामी, दिलिप सिंह कार्की, सरस्वती कुँवर, बाशुदेव बडू, हंसराज भट्ट, बिन्दु अवस्थी, भागरथी पाल, देवमा लोथ्याल, महेश सिंह ठेकरे, बीर सिंह धामी, हरिना भट्ट, अर्जुन ठगुन्ना, देउमती धामी र सन्जा धामी निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला कार्य समिति सदस्य (महिला) कलावती ठेकरे, माया भट्ट र शान्ती देवी धामी, (दलित) मदनराम लुहार र श्याम सिंह सिनाल, आदिवासी जनजातीमा धिरन सिंह बुढाथोकी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.