गोकुलेश्वर। नेपाली काँग्रेस दार्चुलाको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर (क) को मतगणना सकिएको छ ।
क्षेत्र नम्बर (क) को मतपरिणाम अनुसार महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुला तर्फ अम्बादत्त जोशीले १०३, जयराज विष्ट ९९, कर्ण बहादुर बम १८३, केशरसिह भण्डारीले २५९, गणेशराज भट्ट २८३, गणेशसिंह बुढाथोकी ३३, गोपालदत्त जोशी ११९, गौरी शंकर गिरी १०८, चन्द्रसिंह सामन्त २२१, जगदीश बहादुर पाल ३३२, दिलिपसिंह बुढाथोकी २५८, धिरेन्द्र साउँद ३४२, नन्दनसिंह बडाल ५८, नरेन्द्रसिंह धामी १९०, मदन गिरी १९१, महादेव बडू ३०९, दान बहादुर विष्ट ३३, मानसिह बुढाथोकी ११३, लालबहादुर धामी ११७, लालसिंह धामी १४४, लोकेन्द्रसिंह लोथ्याल ४८, विक्रमसिंह धामी २३३, शम्भुप्रसाद जोशी २३७, सुरेन्द्रप्रसाद अवस्थी १३६ र हरकसिंह विष्ट ३३५ मत प्राप्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधि महिला प्रत्यक्षतर्फ ईश्वरी जोशी ३९७, नन्दा बम २४५, यसोदा तिंकरी ३५३, राजमति पाल ३६६, शान्तीदेवी बमले ४१९ मत प्राप्त गरेका छन् । महाधिवेशन प्रतिनिधि खस–आर्र्य खुला तर्फ सुरेन्द्र बहादुर बम २७३, रमेशराज भट्ट १८२, पूर्णसिह बोहरा ८२, मोहनदेव पन्त ९८, बीरसिह शाहू ३५, सुरेन्द्र अवस्थी १३६, कर्ण बहादुर खडायत ६७, करबीर सिह कार्की २४७, कृष्ण प्रसाद भट्ट ९०, गणेश दत्त बडू २०१, गोकर्णबहादुर चन्द २६४, दिवाकर जोशी ८९, धनसिंह जाँगरी ९१, पदमराज पन्तको २४७ मत रहेको छ । खस–आर्य महिलामा आनन्दी पन्तले २९४, देवकी देवी बोहराले २४७, द्रोपती डाँगाले ८४, ललिता बम १६८, शान्ती धामी १६०, सुना जोशी २७३, सुना बोहरा ३१७ र संगिता चन्दले २३६ मत ल्याएका छन् ।
यस्तै अल्पसंख्यकमा ओमप्रकाश तिंकरी १६४, चक्रसिंह ह्याकी १९१ र विनोदसिंह बोहराले १०४ मत ल्याएका छन् । भने अपांगता तर्फ केशवराज बडूले १२६ र बासुदेव ऐतवालले २१५ र विष्णुदत्त मिश्रले १४३ मत प्राप्त गरेका छन् ।
अब क्षेत्र नम्बर (ख) को मतगणना सुरु हुने जनाइएको छ । यसअघि मतगणनास्थल दार्चुला विकास संगठन हल कायम गरिएकोमा आज बेलुकीदेखि मतगणनास्थल महेन्द्र नमुना मावि खलंगामा सारिएको छ । क्षेत्र नम्बर (ख)को मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।



