No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरको नगर सभापतीमा मोहनसिंह साउँद

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेशको नगर सभापती मोहनसिंह साउँद सर्वसहमतीबाट चयन भएका छन् । शनिबार उद्घाटन भएको अधिवेसन अन्तरगत दुई दिन लामो प्रयासपछि साउँदलाई सभापती चयन गर्न सहमती जुटेको हो ।

pm office

शैल्यशिखरको नगर समिति सभापतीका लागि जगदिश बहादुर बिष्ट, मोहनसिह साउँद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका थिए ।

उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ । सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्कीको उम्मेदवारी परेको छ ।

सभापतीमा मोहनसिंह साउँदलाई चयन गर्ने सहमती जुटेको र बाँकी पदाधिकारीहरुको विषयमा छलफल तथा सहमतीको प्रयास भइरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.