No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकममा प्रहरी चौकी स्थापना हुँदै

pm office

गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी स्थापना हुने भएको छ । बिहिबार (आज) दिउँसो प्रहरी चौकीको उद्घाटन गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गर्न लागिएको हो।

प्रहरी चौकी उद्घाटनका लागि डिएसपी मनोहरप्रसाद भट्ट लगायतको टोली विहिबार रातामाटा आउन लागेको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ । जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिमा प्रहरी चौकी स्थापना हुन लागेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.