No.1 News Portal from Sudurpashchim Province
bajaj

लटिनाथ नमूना मावि प्राविधिक शिक्षाको श्रेत्रमा उत्कृष्ट बन्दै ,नयाँ शैक्षिक सत्रमा भर्ना खुल्यो

गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमूना माध्यमिक विद्यालय पछिल्लो समयमा प्राविधिक शिक्षाको श्रेत्रमा उत्कृष्ट बन्दै गएको छ ।

यस विद्यालयले शैक्षिक सत्र २०७८/०७९ का लागि प्राविधिक कार्यक्रमहरुमा नयाँ भर्ना खुलेको छ । सिमित सिट भएकाले समयमै सिट सुरक्षित गर्न विद्यालयले आग्रह समते गरेको छ ।

यस विद्यालयमा प्राविधिक धारका ६ वटा कार्यक्रमका लागि भर्ना खुलाइएको छ । १८ महिने प्रि–डिप्लोमा इन प्लान्ट साइन्सको लागि १८ हजार शुल्क निर्धारण गरिएको छ भने १८ महिने प्रि–डिप्लोमा इन भेटेरीनरी साइन्सका लागि ३६ हजार, १८ महिन प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङको लागि ३६ हजार शुल्क निर्धाण गरिएको छ ।

यस्तै ३६ महिने डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स)का लागि एक लाख २६ हजार, ३६ महिने डिप्लोमा इन एग्रिकल्चर (भेटेरिनरी साइन्स)का लागि एक लाख ६२ हजार शुल्क निर्धारण गरिएको विद्यालययले जनाएको छ । यस्तै ३६ महिने डिप्लोमा इन फोरेष्ट्रिका लागि एक लाख ७१ हजार शुल्क निर्धारण गरिएको छ ।

pm office

विद्यालयमा छात्रबासको समेत उचित व्यवस्था रहेको छ । सम्पूर्ण पूर्वाधारहरुले सम्पन्न यस विद्यालयमा दक्ष विशेषज्ञहरुबाट प्रशिक्षण गराइन्छ । संचारका सम्पूर्ण सुविधाहरु रहेको यस विद्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण तथा परामर्श सेवाको समेत व्यवस्था रहेको छ ।

वनपाखा, खोल्साखोल्सी र पाहाडी शृङ्खलाको काखमा भएको हुँदा प्राकृतिक मनोरम दृश्यसँगै खानपिनका लागि दूध र हरियो सागसब्जी ताजा पाइन्छ । राम्रो ग्रामीण परिवेश, आत्मीयता, आहारविहार तथा व्यवहारका कारण टाढाबाट पढ्न आएका छात्रछात्राले आफ्नै पनको महसुस गर्न पाएका प्राचार्य केशव बिष्टले बताए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त यस शिक्षालयमा मधेशी, दलित, आदिवासी र महिलाका लागि आरक्षण छ । यस अवसरले सबै वर्ग र तप्काका छात्रछात्राको प्रवेश सहज भएको प्राचार्य बिष्टले बताए। प्राविधिक र व्यावसायिक विषयमा छोरीहरुको आकर्षण बढ्नुले आर्जनमा लैङ्गिक समानताको अवसर बढाउन सहयोग पुग्ने प्राचार्य बिष्टको विश्वास छ ।

मुलुककै एक गतिलो शैक्षिक गन्तव्य एवं प्राविधिक शिक्षाको केन्द्रमध्येको एक बन्नसकेको  र अब यो ठाउँले मुलुकको मुहार फेर्ने जनशक्ति तयार गर्दैछ भन्ने कुराले आफूहरुमा खुशीको सञ्चार गराएको लेकम गाउँपालिकाको रिठाचौपाता बस्तीका बासिन्दाहरु बताउँछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.