गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका -९ गोकुलेश्वर क्षेत्रकै एक कुशल व्यवसायी वार्षिक टार्गेट पूरा पल्सर मोटरसाइकल उपहार जित्न सफल भएका छन् ।

त्रिमुर्ति इण्ड्रस्टिज प्रा.लि बुटवलद्वारा उत्पादित करेन्ट ब्राण्डका मसला बिक्री वितरणमा वार्षिक टार्गेट पूरा गरि महाबिर खुद्रा पसल गोकुलेश्वरका संचालक हेम बिष्ट २२० सिसिको बजाज पल्सर मोटरसाइकल जित्न सफल भएका छन् ।
उनले यो भन्दा पहिले पनि विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गर्दै आएका थिए । गोकुलेश्वोर बजारका कुशल व्यवसायी हेम विष्टलाई विभिन्न व्याक्तिहरुले सामाजिक संजाल फेशबुक तथा अन्य माध्यमबाट बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।



